फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बागवानी एक्स्पोमा नेपाल दिवसको आयोजना

(GMT+08:00) 2019-09-22 18:57:07

हरित जीवन, सुन्दर घर भन्ने नाराका साथ पैचिङमा चलिरहेको विश्व बागवानी एक्स्पो अन्तर्गत लुम्बिनी बगैंचामा आइतबार 'नेपाल दिवस' मनाइएको छ। दिवसका अवसरमा पैचिङका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले परम्परागत नृत्य प्रस्तुत गर्दै नेपाली संस्कृतिको झल्को दिएका थिए। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल दिवसमा उपस्थित नेपाली तथा चिनियाँ सहभागीहरूलाई संवोधन गर्दै नेपाल चीन सम्बन्धबारे चर्चा गर्नुभयो। नयाँ चीन स्थापनाको ७०अौ वार्षिकोत्सवको शुभकामना दिँदै उहाँले नेपाल भ्रमण वर्ष २०२०मा नेपाल जान चिनियाँ पर्यटकलाइ निम्ता गर्नुभयो।

विश्व बागवानी एक्स्पो–२०१९ गत वैशाख १६ अर्थात् अप्रिल २९ देखि शुरू भएको हो। पाँच महिनाभन्दा बढी अर्थात् १६२ दिनसम्म चल्ने यो एक्स्पो अक्टोबर ७ तारिख अर्थात् असोज २० मा सम्पन्न हुनेछ। यस अवधिमा २५०० वटा श्रृंखलावद्ध सांस्कृतिक गतिविधि भैरहेका छन्, त्यसमध्ये एउटा कार्यक्रम नेपालले पनि गरेको हो।

गत मध्य वैशाखमा चीनमा भएको दोश्रो बेल्ट एण्ड रोड शिखर सम्मेलनमा सहभागी हुन आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचाको उद्घाटन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु