फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा पढ्दै नेकपाका मेयरहरू

(GMT+08:00) 2019-09-23 15:21:19

नेकपाका २९ मेयर केही दिनयता चीनको खुनमिङमा कक्षा लिइरहेका छन्। चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियाका विषय पढिरहेका छन्।

अन्नपूर्णपोस्टका अनुसार, 'सेमिनार अफ मेयरर्स फ्रम नेपाल'नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित 'युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स'मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्। कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुने गरेको छ साथै कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिने गरेको छ ।

टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। टोलीमा प्रदेश १ का ४, प्रदेश २ का ६, प्रदेश ३ का ७, प्रदेश ४ का ४, प्रदेश ५ का ४, प्रदेश ६ का ३ र प्रदेश ७ का ५ जना छन्। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले टोलीको नेतृत्व गरेका छन्। चीनविज्ञ डा.सागर न्यौपानेले उक्त कार्यक्रमको समन्वय गरेका हुन्। न्यौपानेसमेत अहिले सोही टोलीमा छन्।

प्रधानमन्त्री कार्यालयले नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी यो अध्ययन भ्रमणमा पठाएको हो। नेपाली प्रतिनिधिमण्डलको सबै खर्च चीन सरकारले नै व्यहोर्नेछ।

सातैवटा प्रदेशबाट छानिएका मेयर–उपमेयर, गाउँपालिकाका अध्यक्षले असोज १० सम्म उक्त विश्वविद्यालयमा कक्षा लिनेछन्। प्रशिक्षण असोज १ मा सुरु भएको हो।

जानकारी तथा लेखहरु