फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

असोज १० गते बाट २२ ठाउँमा नोट साट्न पाउने

(GMT+08:00) 2019-09-23 15:22:12

नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा करिब २२ ठाउमा नोट साट्न पाउने ब्यवस्था मिलाएको छ। ग्राहकहरुले आउदो असोस १० गते देखि १७ गतेसम्म तीन सरकारी बैंक तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्।

गत बर्षको दशैंमा २७ हजार रुपैयाँसम्म नोट साट्न पाइने व्यवस्था गरेको राष्ट्र बैंकले यो पटक भने जम्मा १८ हजार पाँच सयसम्म मात्रै नोट साट्न व्यवस्था मिलाएको कारोबार दैनिकले लेखेको छ। राष्ट्र बैंकका अनुसार प्रति ब्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक एक पाकेट गरी जम्मा १८ हजार पाँच सयसम्म नोट साट्न पाइने छन्।

निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोट सटही गर्न चाहनेले नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखाबाट पाइने छन् भने राष्ट्र वाणिज्य बैंकको सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार, नक्साल, बालाजु र टोखा शाखाबाट पनि साट्न पाइने छन्।

उपत्यका बाहिर राष्ट्र बैंकको विराटनगर, जनकपूर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरु तथा राष्ट्र बैंकको नोटकोष रहेका बाणिज्य बैंक शाखाहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक मार्फत नयाँ नोट सटही गरिने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ। यस्तै, राष्ट्र बैंकले टिका लगाई दक्षिणा दिंदा, पूजा आजा वा अन्य धार्मिक कार्य गर्दा रंग लागेको नोट चलनचल्तीमा आउन नसक्ने भएको हुदाँ यस्तो कार्य नगर्न अनुरोध पनि गरेको छ।

जानकारी तथा लेखहरु