फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ नेपालमा

(GMT+08:00) 2019-09-23 15:35:11

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाउलाई सोमबार नेपालमा स्वागत गरिएको छ। काठमाडौंमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तरक्रियाका लागि सोङ नेपाल आएका हुन्।

यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन चीनबाट ४० जना काठमाडौं आइसकेका छन्। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो।

काठमाडौंमा असोज ६ र ७ गते हुने कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने जनाइएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुई कार्यपत्र प्रस्तुत हुनेछन्। नेपालका तर्फबाट प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सैद्धान्तिक अवधारणा र यसको विकासक्रमबारे बोल्नेछन् भने चिनियाँ पक्षबाट प्रस्तुत हुने तीनवटा कार्यपत्र राष्ट्रपति तथा पार्टी महासचिव सी चिङफिङले अघि सारेका महत्वाकांक्षी विकास अवधारणा र पार्टीको सैद्धान्तिक अवधारणाबारे हुनेछन्।

कार्यक्रमकै बीचमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच समझादारीपत्रमा हस्ताक्षर हुने योजना छ। नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीचको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा सोङ नेपाल आएका हुन्।

जानकारी तथा लेखहरु