फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिस्ट पार्टीका नेताद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता, समाजवादको चिनियाँ मोडल हामीलाई प्रेरणा : प्रधानमन्त्री ओली

(GMT+08:00) 2019-09-24 15:10:30

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाउले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। थाउले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग शिष्टाचार भेट गरेका हुन्।

यसै बीच नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त विचार गोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकासे मोडेलको साझेदार बन्न चाहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताएका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिन फिङको नेतृत्व र त्यहाँको कम्युनिस्ट पार्टीको पछिल्लो समाजवादी मोडलको उनले प्रशंसा गरे। विश्वको सर्वशक्तिमान मुलुकका रुपमा उदाएको चीन बलियाले सानालाई हेप्ने कतिपय राष्ट्रको नीतिमा सहभागी नभएको समेत उनले बताए।

नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध स्वार्थको लेनदेनभन्दा निकै माथि रहेको बताउँदै चीनमा सी विचारधारामा आधारित विकास मोडलले आश्चर्यजनक प्रगति गरेको र त्यसले विश्वभर बहस सिर्जना गरेको टिप्पणी गरे। हाल विश्वमा दोस्रो आर्थिक र औद्योगिक राष्ट्रको रुपमा उदाएको चीनको विकास र प्रगति नेपालको विकासमा उदाहरणीय साझेदारी हुन सक्ने बताए।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि चीनका राष्ट्राध्यक्ष सीको प्रशंसा गर्दै उनकै नेतृत्वमा बनेको सरकारले दोहोरो अंकको आर्थिक वृद्धदर हासिल गरेको समेत बताए। उनले विश्वमा कुनै पनि शासन प्रणालीले दिन नसकेको आर्थिक प्रगति सीको नेतृत्वले दिएको दाबी गरे। उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको पूर्वाधार विकासका लागि अपरिहार्य भएको बताए।

जानकारी तथा लेखहरु