फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेकपा र सिपिसीबीच औपचारिक सम्बन्ध, समझदारी पत्रमा हस्ताक्षर

(GMT+08:00) 2019-09-24 15:10:53

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच औपचारिक सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार मध्यान्ह काठमाण्डुमा नेकपा र सिपिसीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा विदेश विभाग प्रमुख माधव नेपाल र सिपिसीका विदेश विभाग प्रमुख सोङ थाउले हस्ताक्षर गरेको नेपालखबरले लेखेको छ।

मङ्गलबारको पहिलो कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर भएको हो। 'विचारधारात्मक छलफल कार्यक्रम'थप दुई सत्र सञ्चालन हुने जनाइएको छ। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएको हो।

जानकारी तथा लेखहरु