फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाली कम्युनिस्टसँग वैचारिक छलफल गर्दै

(GMT+08:00) 2019-09-24 15:11:15

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाउले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताएका छन्। सोमबार काठमाडौँको एक होटलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको प्रशिक्षण क्रममा विदेश विभाग प्रमुख ताओले नेकपाले जबज र २१ औँ शताब्दीको जनवाद शान्तिपूर्ण रुपान्तरणको बाटो भएको बताए।

उनले भने, 'केही वर्ष यता नेकपाले पनि जबज र २१ औँ शताब्दी को जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो। सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउछ।'विदेश विभाग प्रमुख थाउले नेकपालाई आफ्नो क्षमता बढाउन र शुद्धिकरणमा जोड दिन सुझाव दिए। उनले भने 'हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौं, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ।'

नेपाल विशेषतायुक्त भूराजनीतिक क्षेत्र भएका कारण आफूहरु बीरआरआई प्रोजेक्ट लिएर आएको विदेश विभाग प्रमुख थाउको भनाइ थियो । 'नेपाल साउथ एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र हो', विदेश विभाग प्रमुख सोङले भने, 'त्यसैले हामीहरु बीआरआई प्रोजेक्ट लिएर आएका हौँ।'

उनले चीन काठमाडौँमा आएर सिकाउन र सँगै काम गर्न तयार रहेको बताए। 'हामी समावेशी र आपसी हितयुक्त काम गर्नेछौँ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालसँग हातमाहात मिलाएर काम गर्न चाहन्छन्,' उनले भने।

जानकारी तथा लेखहरु