फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई 'खुला दिसामुक्त राष्ट्र' घोषणा गर्दै सरकार

(GMT+08:00) 2019-09-29 14:19:35

नेपाल सरकारले सोमबार 'नेपाललाई खुला दिसामुक्त राष्ट्र'घोषणा गर्ने भएको छ। राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री विना मगरले जानकारी दिएको कान्तिपुर दैनिकले लेखेको छ।

खानेपानी मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले देशभर निजी तथा सार्वजनिक शौचालय निर्माण र सरसफाइका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दै राष्ट्रिय उत्सवकै रूपमा मुलुकलाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताइन्।

सरकारले सन् २०११ देखि जिल्लाहरूलाई क्रमशः खुला दिसामुक्त घोषणा गर्न थालेको थियो। सबै जिल्लामा यस्तो घोषणा भइसकेको जानकारी दिँदै मन्त्री मगरले अभियानमा सबैले सघाएकाले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने अवस्था बनेको बताइन्।

खानेपानी मन्त्रालयका अनुसार मुलुकभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय छन्।

जानकारी तथा लेखहरु