फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमालय एयरलाइन्सद्वारा नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव समारोह आयोजित साथै नयाँ लोगो सार्वजनिक

(GMT+08:00) 2019-09-29 17:32:55

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव तथा नेपालीको महान चाड दशैंको अवसरमा सेप्टेम्बर २९ तारिख हिमालय एयरलाइन्सले नेपालको राजधानी काठमाण्डौंमा एक समारोहका साथै पत्रकार सम्मेलनको आयोजना गरेको छ। पत्रकार सम्मेलनमा कम्पनीले नया लोगो पनि सार्वजनिक गरेको छ।

तिब्बत स्वायत्त प्रदेश र नेपाल सरकारको समर्थनमा तिब्बती नागरिक उड्डयन लगानी विकास लिमिटेड कम्पनी र नेपाल यति वल्ड इन्भेस्टमेन्ट कम्पनीबाट पुनर्गठित उक्त हिमालय एयरलाइन्सको मुख्यालय नेपालको राजधानीमा अवस्थित छ। पुनर्गठिनपछि हिमालय एयरलाइन्सले चीन र नेपाल बीच र दक्षिण एशिया, दक्षिण-पूर्व एशिया, मध्य पूर्व आदि क्षेत्र बीचको आपसी आदान-प्रदानमा अझै महत्पवूर्ण भूमिका निर्वाह गर्ने छ।

हिमालय एयरलाइन्सका अध्यक्ष चौ एन यौं, उपाध्यक्ष बिजय श्रेष्ठ यस सम्मेलनमा सहभागी हुनुभएको थियो। यसै अवसरमा अध्यक्ष चौ एन यौंले नयाँ लोगो सार्वजनिक गर्दै हिमालय एयरलाइन्सले व्यवसायलाई रणनैतिक तथा सांस्कृतिक रूपमा अगाडि बढाउने बताउनुभयो।

जानकारी तथा लेखहरु