फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङहरु प्रदर्शनमा

(GMT+08:00) 2019-09-30 14:16:35

काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङहरु प्रदर्शन गरिने हिमालयन आर्ट फेस्टिभल आइतवारदेखि सुरु भएको छ। नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले आर्ट फेस्टिभल भएको हो।

फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टिङ राखिएका आयोजक हिमालयन आर्ट फेस्टिभलले जनाएको छ। 'नेपाली कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले प्रर्दशनी राखिएको हो,' आयोजक बिदाता केसीले भन्नुभयो।

फेस्टिभलमा चित्रकलाका चर्चित व्यक्तित्व उत्तम नेपाली लगायतका कलाकारले आ–आफ्नो कला देखाउने छन्। प्रदर्शनीमा पेन्टिङ, पौवा, प्रिन्ट मेकिङ, डान्स, सेरामिक लगायतका पेन्टिङ तथा नाच प्रदर्शन हुने कान्तिपुर अनलाइनले जनाएको छ।

नेपालमा विदेशी पेन्टिङलाई प्राथमिकता दिने गरिएपनि नेपाली कलाकारले चलाएको कूचीले पनि राम्रो पेन्टिङ बनाउन सक्ने आयोजक सदस्य बिदाता केसीले बताउनुभयो। 'हामी विदेशी आर्टिस्टको मात्र पेन्टिङ राम्रो भन्ठान्छौं तर नेपाली मौलिकतामा पनि धेरै राम्रो पेन्टिङ हुन्छ। यहाँसम्म आएर नेपाली पेन्टिङहरूको पनि अवलोकन गरिदिन आग्रह गर्दछु,' उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु