फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्त गर्न कठिन हुने अनुमान

(GMT+08:00) 2019-09-30 14:18:12

२० लाखको संख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले आगामी वर्षलाई 'नेपाल भ्रमण वर्ष २०२०' घोषणा गरेको छ। यो वर्षको पर्यटन आगमन र सरकारको तयारी हेर्दा लक्ष्य हासिल हुनेमा शंका देखिएको छ। भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी रहँदा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षका तुलनामा १० प्रतिशत पनि बढ्न सकेको छैन। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष आठ महिनामा सात लाख ४२ हजार पर्यटक नेपाल आएका छन्। यो गत वर्षभन्दा ६१ हजार मात्र बढी हो।

सरकारी अधिकारीहरु चालु वर्षको आठ महिनामा ६१ हजार मात्र बढेको तथ्यांकले आगामी वर्ष २० लाख पर्यटक आउने सम्भावना निकै न्यून भएको बताउँछन्। उनीहरुका अनुसार यो वर्षको नौ प्रतिशत वृद्धिदरलाई शतप्रतिशतभन्दा माथि पु-याउनु निकै चुनौतीपूर्ण छ। विभागका अनुसार यस वर्ष एसियालगायत युरोपका केही देशबाट नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयास हेर्दा अहिले २० प्रतिशत हाराहारीमा आगमन बढ्नुपर्ने बताउनुभयो।

विभागका अनुसार यो वर्ष भारतबाट एक लाख ४२ हजार दुई सय ८६ पर्यटक आए। गत वर्ष एक लख ३४ हजार ५२ भारतीय आएका थिए। त्यस्तै, चीनबाट ९६ हजार पाँच सय ५० आएकामा यो वर्ष बढेर एक लाख ६ हजार ५० पुगेको छ। ताइपेईबाट गत वर्ष पाँच हजार नौ सय ७० आएकोमा यसपालि ४९ प्रतिशतले बढेर आठ हजार नौ सय २५ पुगेको नागरिकन्यूज डटकममा खबर छ।

जानकारी तथा लेखहरु