फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच

(GMT+08:00) 2019-10-01 16:29:56

नेपालका ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर चिरन्जीवि नेपालले आर्थिक वर्ष २०७५/७६ को अन्तसम्म ४१ प्रतिशत रहेको वित्तीय पहुँच अहिले बढेर ६१ प्रतिशत पुगेको जानकारी दिनुभएको हो।

'वित्तीय पहुँच केही समय अघिसम्म ४१ प्रतिशत मात्रै थियो, तर हाम्रो रिसर्च डिपार्टमेन्टले अध्ययन गरेको छ ६१ प्रतिशत पुगिसकेको छ' उहाँले भन्नुभयो, 'केही दिनमै हामी नयाँ रिपोर्ट सार्वजनिक गर्दैछौं।'

मिडिया इन्टरनेसनलको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने राष्ट्र बैंकको योजना पनि सफलतानजिक पुगेको बताउनुभयो। उहाँले ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको जानकारी दिनुभएको अनलाइनले खबरले जनाएको छ।

जानकारी तथा लेखहरु