फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले नेपाली कामदार भित्र्याउनका लागि अझै संख्या बढाउने

(GMT+08:00) 2019-10-02 13:46:13

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउदै आवेदन खुला गरेपनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्फत् त्यहाँको सरकारलाई अनुरोध गरिएको बताउनुभयो। "दूतावाससँगको छलफलमा केयरगिभरको लागि निर्धारण गरिएको कोटा १ भन्दा बढी हुने गरी बढाउने आवश्वासन प्राप्त भएको छ," सहसचिव ढुंगानाले भन्नुभयो, "असोजको अन्तिम साता नेपाल र जापान सरकारबीच हुने अनलाइन बैठकमा समेत नेपालले कोटा बढाउने सम्बन्धमा अनुरोध गर्ने भएको छ ।"

जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा १ हजारभन्दा बढी युवा लैजाने जनाएको छ । जापानले ९ राष्ट्रलाई फरक फरक क्षेत्रमा कोटा निर्धारण गरेअनुसार नेपालले केयरगिभरको माग पाएको हो। जापानमले केयरगिभर क्षेत्रमा नेपालीलाई रोजगारीदिन शुक्रबारबाट अनलाइन आवेदन लिन सुरु गरेको थियो। जापानले ९ राष्ट्रबाट नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाउदै आएको कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु