फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्भाव्यता खोज्दै जर्मनीका २८ लगानीकर्ता नेपालमा

(GMT+08:00) 2019-10-03 13:45:22

नेपालमा लगानी गर्ने सम्भावनाहरूको खोजी गर्ने आयोजना गरिएको पहिलो जर्मन बिजनेस फोरममा सहभागी हुन २८ लगानीकर्ता आएका छन् । जर्मनी दूतावासको आयोजनामा 'पहिलो जर्मन बिजनेस फोरम' मा राउन्ड टेबलको बुधबार आयोजना भएको थियो । फोरममा २८ कम्पनीहरू प्रतिनिधि रहेका कान्तिपुर अनलाइनले जनाएको छ।

फोरममा निर्माण उद्योग, पर्यटन, वित्तीय, टेक्निकल एन्ड भोकेसनल ट्रेनिङलगायत कम्पनीका अधिकारीहरू उपस्थित थिए । नेपालको निजी क्षेत्र र सरोकारवाला निकायका अधिकारीहरूले जर्मनीका लगानीकर्ताहरूलाई सम्बोधन गरेका थिए। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थायित्व कायम भएको भन्दै व्यावसायिक वातावरण बनेको दाबी गर्नुभयो।

अधिकारीले विदेशी लगानी आकर्षित गर्न कानुन संशोधन गरिसकेको बताउँदै केही ठूला आयोजनामा अन्तर्राष्ट्रिय लगानीकर्ताले लगानी गर्ने इच्छा देखाइसकेको प्रस्ट्याउनुभयो।

नेपाली व्यवसायलाई प्रवर्द्धन गर्नु, रोजगारी सिर्जना गर्ने र उत्पादनका लागि लगानीको सिर्जनाको अवसर प्रदान गर्नु फोरमको आयोजना गरेको दूतावासले जनाएको छ । नेपालको राजनीतिक स्थिरता, ऊर्जा सुरक्षा र सरकारको प्रयासद्वारा कानुनी सुधार गरिसकेकाले नयाँ गतिशीलताले फाइदा लगानीकर्ताले लिन सक्ने अधिकारीहरूले बताएका छन् ।नेपालका लागनी जर्मन राजदूत रोलान्ड सेफरले पनि नेपालमा लगानी गर्न आह्वान गर्नुभयो। 'नेपालमा लगानीको वातावरण बनेको छ,' उहाँले भन्नुभयो, 'त्यो जानकारी गराउने उद्देश्यले पहिलो पटक यो कार्यक्रम गरिएको हो ।'

जानकारी तथा लेखहरु