फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रदेश प्रदेशबीचमा हवाई उडान गरिने

(GMT+08:00) 2019-10-03 13:46:36

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ। त्यस किसिमको सेवा सुरु गर्न पूर्वसचिव सूर्यमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी अध्ययन थालिसकेको मन्त्री भट्टराईले जानकारी दिनुभयो।

'समितिले सेवा सञ्चालन गर्न हुने प्रतिवेदन दिए आवश्यक कानुन बनाएर सुरु गर्छौं,' राजधानीमा बुधबार आयोजित गण्डकी पर्यटन प्रवर्द्धन अभियानको समापन कार्यक्रममा उहाँले भन्नुभयो।

मन्त्री भट्टराईले सुरुको उडानमा वायुसेवा कम्पनीलाई केही घाटा भए सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो। व्यावसायिक रुपमा उडान सुरु नहुन्जेल केही घाटा हुन सक्ने भन्दै भट्टराईले त्यसमा सरकारले केही सुविधा दिन सक्ने बताउनुभयो।

अहिले पनि केही स्थानमा अन्तरप्रदेश हवाई सेवा उपलब्ध छन्। देशका विभिन्न विमानस्थल स्तरोन्नति गरी रात्रिकालीन उडान सेवादिन योग्य बनाइरहेको जानकारी मन्त्री भट्टराईले दिनुभयो।२०२२ देखि गण्डकी प्रदेशको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने गरी निमार्ण कार्य द्रुत गतिमा अगाडि बढेको पनि मन्त्री भट्टराईले जानकारी गराउनुभयो। नयाँ पर्यटकीय स्थलको खोजीमा गण्डकी प्रदेश अगाडि रहेको र पोखराले आन्तरिक पर्यटकलाई मात्रै नभएर बाह्य पर्यटकलाई समेत आकर्षण गर्न मद्दत पु-याएको उहाँको भनाइ रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु