फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रूपको राष्ट्रिय दिवस प्रत्यक्ष प्रसारण प्रशंसनीय

(GMT+08:00) 2019-10-03 14:40:05

आज अक्टोबर ३ तारिख जन दैनिक अखवारमा ३ वटा रिपोर्ट प्रकाशित भएका छन् जसमा चाइना मिडिया ग्रूपको राष्ट्रिय दिवस प्रत्यक्ष प्रसारणको प्रशंसा गरिएको छ। ती ३ वटा रिपोर्ट यस प्रकार छनः 'राष्ट्रिय दिवस समारोहको प्रत्यक्ष प्रसारणको आश्चर्यजनक दृश्य', 'नयाँ चीन स्थापित भएको ७०औं वार्षिकोत्सव कार्यक्रमको टी.भी. प्रसारणमा छ वटा सफलता' तथा '७०औं वार्षिकोत्सव भव्य समारोहको क्यान्टोनिज भाषामा ४-के उच्च स्पष्टता सहित चलचित्रघरमा'।

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रम अक्टोबर १ तारिख बिहान पैचिङस्थित थेनआनमन चोकमा भव्यताका साथ आयोजित भयो। चाइना मिडिया ग्रूपले गरेको यस कार्यक्रमको प्रत्यक्ष प्रसारण हेरेका दर्शकहरूले सो प्रसारण आश्चर्यलाग्दो दृश्य अनुभव भएको कुरा जनदैनिक अखवारको रिपोर्टमा उल्लेख गरिएको छ। वैज्ञानिक प्राविधिक व्यवसाय, संचारमाध्यम, विश्वविद्यालय लगायत विविध क्षेत्रमा कार्यरत दर्शकहरूले सो ४-के उच्च स्पष्टता र सिनेमाघरमा प्रयोग गरिने ५.१ सराउण्ड साउण्ड सिस्टमबाट कार्यक्रम तत्स्थानमै लगिदिएको अनुभव गरेको ठहर गरेका छन्।

'नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रमको टी.भी. प्रसारणमा छ वटा सफलता' नामक रिपोर्टमा प्रसारणमा पहिलो पटक प्रयोग गरिएका ६ वटा प्रविधिबारे जानकारी दिइएको छ।

'७०औं वार्षिकोत्सव भव्य समारोहको क्यान्टोनिज भाषाको ४- के उच्च स्पष्टता सहित सिनेमाघरमा'नामक रिपोर्टमा सो चलचित्र राष्ट्रिय दिवसको अवधिमा क्वाङ तुङ, हङकङ तथा मकाउका लगभग ८० वटा सिनेमाघरमा देखाइने जनाइएको छ।

जानकारी तथा लेखहरु