फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारको सहयोगमा रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नति

(GMT+08:00) 2019-10-04 13:46:09

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ। चीन सरकारको सहयोगमा स्तरोन्नति हुने सडकको गएको शनिबार सुरु गरिएको हो। ३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्नेछ।

यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउन लागेको हो। चिनियाँ टोलीले सडक खण्डको विभिन्न स्थानबाट काम गर्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो।

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्ने छ। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सडक स्तरोन्नति गर्नुपूर्व गर्नुपर्ने काम भने अझै सकिएको छैन। सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाउनु पर्छ। दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको नागरिकन्यूज डटकममा खबर छ।

यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने व्यापार सहज हुने छ। अहिले साँघुरो र जीर्ण सडकका कारण सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

जानकारी तथा लेखहरु