फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने

(GMT+08:00) 2019-10-04 13:49:26

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको छ। काभ्रेमा उहाँले विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने दाबी गर्नुभएको हो। सरकारको 'सुखी नेपाली, समृद्ध नेपाल' को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि उहाँले बताउनुभयो।

मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको बताउनुभयो। समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठेरोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अहिले नेताको आफ्नो सफलता नभइ जनताको आफ्नो पसिना, बुद्धिविवेकको मूल्यको सफलता भएको उल्लेख गर्नुभयो।

मन्त्री बाँस्कोटाले वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने बताउनुभयो। सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको 'रिजल्ट' नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने जिकिर गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु