फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा नेपाल-चीन मैत्री औद्योगिक पार्क शुभारम्भ

(GMT+08:00) 2019-10-04 13:51:03

काठमाडौंमा बिहीबार नेपाल-चीन मैत्री औद्योगिक पार्क शुभारम्भ समारोह गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादव, चीनको तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभागका उपप्रमुख वाङ फिङ लगायत झण्डै १०० जना नेपाली र चिनियाँ अतिथिहरू कार्यक्रममा उपस्थित थिए।

नेपाल चीन मैत्री औद्योगिक पार्क नेपालको प्रदेश १ को दमकमा बन्नेछ। पार्कको निर्माण लागत १ अर्ब अमेरिकी डलर छ। यसको क्षेत्रफल १६ सय हेक्टर छ ।

चीनको तिब्बत स्वायत्त प्रद्रशको सदरमुकाम ल्हासा सहरका उपमेर लिङ क्वाङ् मिनले समारोहमा बोल्दै यस पार्कले नेपालमा झन् बढी रोजगारीको अवसर सिर्जना गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले औद्योगिक पार्कबारे जानकारी दिनुभयो। उहाँले विदेशी लगानी भित्र्याउनका लागि अझ राम्रो वाणिज्य वातावरण तयार पार्दै जाने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु