फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स्वास्थ्य रणनीतिबाट विश्वको छ भागको एक भाग जनसंख्या लाभान्वित

(GMT+08:00) 2019-10-04 14:51:05

सत्तरी वर्षयता चीनले विश्वको सबैभन्दा ठूलो आधारभूत चिकित्सा सुनिश्चितता सञ्जालको स्थापना गरेको छ। यो चिकित्सा सुनिश्चतता सञ्जालले एक अर्ब तीस करोड जनसंख्यालाई ढाकेको छ। आधारभूत चिकित्सा सुनिश्चतताको संलग्नता दर 95 प्रतिशत भएको छ। चिनियाँ नागरिकको प्रति व्यक्ति सरदर अनुमानित जीवनकाल 35 वर्षबाट बढेर 77 वर्ष पुगेको छ।

चीन सरकारले जनताको स्वास्थ्यलाई राष्ट्रिय समृद्धि र शक्तिशाली महत्वपूर्ण द्योतकको रुपमा राखेको छ। चीन सरकारले स्वास्थ्य रणनीति लागू गरेको छ। चीनले स्वस्थ र सभ्यतापूर्ण जीवन तरीका प्रस्तावित गर्नु नागरिकको स्वास्थ्य नीतिको सुधार, सबल चिकित्सा प्रणालीको सुधार, चीनको विशेषतायुक्त आधारभूत चिकित्सा व्यवस्था, चिकित्सा सुनिश्चितता व्यवस्था, उच्च गुणस्तरको र प्रभावकारी चिकित्सा सेवा प्रणालीको चौतर्फी रुपमा स्थापना गरेको छ।

चीनको स्वास्थ्य रणनीतिले विश्वको छ भागको एक भाग जनसंख्यामा चिकित्सा समस्याको समाधान गरेको छ भने जनताको जीवन गुणस्तरलाई माथि उकासेको छ।

जानकारी तथा लेखहरु