फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपालकै सबैभन्दा लामो जलयात्रा

(GMT+08:00) 2019-10-05 14:01:58

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ। चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५।५ किलोमिटर रहेको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो। आयुष्मा मोटरबोट कम्पनी प्रालिले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताउनुभयो। शुरुवाती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले दुई महिनाभित्र एउटा 'स्मल क्रुज' समेत थपिने जानकारी दिनुभयो।

सात महिना अगाडि नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा शुरु गराएको हो। आउँदो वर्षसम्म रु तीन करोडदेखि रु पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महिनाभित्र ४० 'सिटर स्मल क्रुज' सञ्चालन गरिने बताउनुभयो।

दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको 'स्मल क्रुज' सञ्चालन गरिने बताउँदै अधिकारीले सो 'क्रुजमा लक्जरी सिट' र माथि 'ओपन चियर सिट' राखिने जानकारी दिनुभयो। कम्पनीका उपाध्यक्ष एवं व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्न मोटरबोट सञ्चालन गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु