फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द्र अत्याधुनिक

(GMT+08:00) 2019-10-05 14:02:41

मुलुकभरको विद्युत् व्यवस्थापन र नियन्त्रण गर्ने भार प्रेषण केन्द (एलडीसी) अत्याधुनिक बनेको छ। २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षति पुगेको केन्द्रको पुनस्र्थापना तथा स्तरोन्नती गरी अत्याधुनिक बनाइएको हो। काठमाडौंको स्यूचाटारमा रहेको अत्याधुनिक केन्द्रको शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र जर्मनीका मन्त्री नोरर्बेट बार्थलेले उद्घाटन गर्नुभयो।

कम्युटरमा आधारित सुपरिवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति (स्काडा) को पछिल्लो नयाँ भर्सन प्रयोग गरिएकाले केन्द्रबाट मुलुकको एकीकृत विद्युत प्रणालीलाई नियन्त्रण गरी प्रभावकारी रुपमा संचालन गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। अब केन्द्रबाट विद्युत् माग र आपूर्तिलाई अझै प्रभावकारी र दक्षतापूर्ण रुपमा व्यवस्थापन तथा संचालन गर्न सकिने हुँदा प्राधिकरणलाई वित्तीय फाइदा पुग्ने उहाँले बताउनुभयो।

कार्यक्रममा मन्त्री पोखरेलले केन्द्र मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनको मेरुदण्ड भएकाले नयाँ जडान गरिएको प्रविधिबाट केन्द्रको प्रभावकारी संचालनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जर्मनीका मन्त्री बार्थलेले केन्द्रको आधुनिकीकरणसँगै दिगो विद्युत आपूर्तिमा सुधार हुने बताउनुभयो। परियोजनाको काम २०७४ को माघबाट सुरु भएको थियो।

जानकारी तथा लेखहरु