फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उच्च गुणस्तरीय विकासमा बौद्धिक सम्पदा अधिकार संरक्षण

(GMT+08:00) 2019-10-05 14:54:23

सन् १९८०मा विश्व बौद्धिक सम्पदा अधिकार संगठनमा चीनको प्रवेश भएपछि प्रतिलिपि, ट्रेडमार्का, सर्वाधिकार लगायत सम्बद्ध अन्तर्राष्ट्रिय सन्धिमा पनि चीनले भाग लिएको छ। सन् २०१८मा चीनमै तथा विदेशमा दिइएको प्रतिलिपि अधिकार आवेदनको संख्या ४२ लाख पुगेको छ भने आविष्कार प्रतिलिपि आवेदनको संख्या ८ वर्षसम्म लगातार विश्वको पहिलो स्थानमा रहिरह्यो। विश्व बौद्धिक सम्पदा अधिकार संगठनका महाप्रबन्धक काउ रवीले यसबारे चर्चा गर्दै भन्नुभयोः चीनले ३०/४० वर्षको छोटो समयमा विश्वमा अग्रसर बौद्धिक सम्पदा अधिकार अवस्था खडा गरिसकेको छ र यसै क्षेत्रमा आश्चर्यजनक उपलब्धि हासिल गरेको छ।

यसै क्षेत्रमा चीनले पाएको उपलब्धिबाट नवीनतम् विकास तथा वैज्ञानिक प्राविधिक प्रगतिको प्रवर्द्धन, विदेशी लगानी कम्पनीहरूको वैधानिक बौद्धिक सम्पदा अधिकारको प्रभावकारी संरक्षण भएको साथै सम्पूर्ण चिनियाँहरूमाझ सिर्जना गर्ने सक्रियतालाई पनि उठाइएको छ। साथै 'चिनियाँ उत्पादन'बाट 'चिनियाँ सृष्टि/आविष्कार'सम्म, 'चिनियाँ गति'बाट 'चिनियाँ गुणस्तर'सम्म र 'चिनियाँ उत्पादित वस्तु'बाट 'चिनियाँ मार्का'सम्म परिणत प्रक्रियालाई पनि गतिशील पारिएको छ। चीनको उच्च गुणस्तरीय विकासका क्रममा बौद्धिक सम्पदा अधिकारबाट अझ ठूलो शक्ति उन्मुक्त हुने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु