फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको अरूण जलविद्युत आयोजनाको २५ प्रतिशत काम पूरा

(GMT+08:00) 2019-10-06 13:39:40
संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताउनुभयो।

स्थलगत अनुगमनका लागि आएका घिमिरेले निर्धारित समयमा अरुणबाट बिजुली निस्कनेमा आशावादी भएको बताउनुभयो।

ड्यामसाइड स्थल फयाक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७ सय ९० मिटर पुर्‍याइएको छ।

११ किलोमिटर रहेको सुरुङ मार्ग आठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ।

मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फयाक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ।

अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रसारण लाइनको विद्युत् विस्तार तीव्र बनाएको कान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु