फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु

(GMT+08:00) 2019-10-06 13:40:27

पोखराको फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ।

यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ।

नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुकासम्म प्रदर्शनी अवलोकन गर्ने व्यवस्था मिलाइएको नागरिकन्यूज डटकमले जनाएको छ।

नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु