फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी डिसेम्बरदेखि हुने दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलका लागि पोखरामा रंगशाला तयार हुँदै

(GMT+08:00) 2019-10-06 13:41:13

आगामी डिसेम्बर १ देखि १० तारिख १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताका लागि पोखरा रंगशालाको निर्माण तीव्र पारिएको छ। हालसम्म पोखरा रंगशाला निर्माणको करिब ५० प्रतिशत जसो निर्माण कार्य सम्पन्न भएको छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले हाल निर्माणकार्य तीव्र गतिमा अघि बढेको बताउनुभयो।

उक्त प्रोजेक्ट आफूहरूका लागि अग्निपरीक्षा नै भएको दाबी गर्दै प्रोजेक्ट म्यानेजर बरालले तोकिएको मितिमा आफूहरूले ८ देखि १० हजार सिट क्षमताको प्यारापिटसहितको फुटबल मैदान निर्माण गर्ने दाबी गर्नुभयो। प्यारापिट, ट्रयाक, शौचालय लगायतको काम एकै साथअघि बढेको बरालले जनाउनुभयो। भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्टको जिम्मा लिएको कारोबार अनलाइनले जनाएको छ।

थाहा भएअनुसार पोखरा रंगशालाको फुटबल मैदानमा भारतको कोलकत्ताबाट ल्याएको दुबो रोप्न सुरु गरिएको छ। निर्माण हुँदै गरेको पोखरा रंगशालाको फुटबल मैदानमा भारतीय कोलकत्ताको बर्माडा ग्रास (दुबो) रोप्न सुरु गरिएको हो। पहिलो चरणमा एक गाडी अर्थात् १५ हजार वर्गफिट दुबो पोखरा आएको छ। केही दिनअघि पोखरामा लगातार जसो पानी पर्दा पोखरा रंगशाला निर्माणअन्तर्गत दुबो ल्याउन, ट्रयाकमा पिच गर्नसमेत केही दिन ढिलो भएको हो।

जानकारी तथा लेखहरु