फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पत्रकारहरू गरिबी निवारण गोष्ठीमा

(GMT+08:00) 2019-10-17 17:00:54

चीनको साताव्यापी भ्रमणमा रहेका नेपाली पत्रकारहरूको टोलीले बिहिबार पैचिङमा आयोजित विश्व गरिबी निवारण दिवसको गोष्ठीमा सहभागिता जनाएको छ।

चीनका लागि अन्तर्राष्ट्रिय गरिबी निवारण केन्द्र तथा चिनियाँ गरिबी निवारण कोषद्वारा आयोजित विश्व समाजको गरिबी निवारण अभ्यास विषयक गोष्ठीमा विभिन्न देशबाट आएका प्रतिनिधिहरूले सम्बन्धित मुलुकको गरिबी निवारणका प्रयासबारेमा नेपाल सहित विभिन्न देशबाट सहभागी भएका पत्रकार तथा नीतिनिर्मातामाझ अनुभव प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपालको अनुभव प्रस्तुत गर्न काठमाण्डौँबाट आएकी नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले दक्षिणी एशियाली मुलुकमध्ये नेपालले तिव्र गतिमा गरिबी निवारण गरिरहे तापनि नेपाल अझै अति कम विकसित मुलुकको सुचीमा रहेको बताउनुभयो।

भूपरिवेष्ठित हुनु, वित्तिय अस्थिरता, प्राकृतिक विपद र व्यवस्थापकीय कमजोरीका कारण नेपालले तिव्र गतिमा गरिबी निवारण गर्न नसकिएको भुसालले बताउनुभयो।

यसअघि गोष्ठीको पहिलो सत्रमा भूमि व्यवस्थापन, सरकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले गरिबी निवारणमा नेपालको प्रगति तथा प्रसारण जानकारी दिनुभयो।

विश्व गोष्ठीमा चिनियाँ गरिबी निवारणसँग सम्बन्धित संस्थाहरूका सबै राष्ट्रहरूका प्रतिनिधि, नेपाल कम्बोडिया, मौरिसस, फिलिपिन्स, लाओस, विश्व बैंक, साङहाइ कोअपरेसन, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू लगायतले गरिबी निवारण सम्बन्धी विचारहरू प्रस्तुत गरेका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु