फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र स्थिर

(GMT+08:00) 2019-10-18 14:43:14
चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले अक्टोबर १८ तारिख सार्वनजिक गरेको तथ्याङ्कअनुसार चालु वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले बढेको छ। ‌‌औद्योगिक उत्पादन लगातार विकसित भैरहेको छ। निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको छ।

बजारमुलक बिक्री स्थिर बढ्दै गएको छ। अघिल्ला तीन त्रैमासिक अवधिमा सामाजिक उपभोक्ता वस्तुको कुल खुद्रा बिक्रीले २९६ खर्ब ६७ अर्ब ४० करोड युआन सिर्जना गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ८.२ प्रतिशतले बढेको छ।

आर्थिक बनौटलाई सुव्यवस्थित पारिरहेको देखिन्छ। अघिल्ला तीन त्रैमासिक अवधिमा तेस्रो व्यवसायको बृद्धिले कूल राष्ट्रिय गाहर्स्थ्य उत्पादन मात्रामा ६०.६ प्रतिशत योगदान सिर्जना गरेको छ। समष्टिगत द्दष्टिकोणबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र स्थिर रुपमा विकसित भैरहेको छ। तापनि सारा विश्व अर्थतन्त्र सुस्त भएको र अस्थिर तथा असुचिश्चित कारकतत्व बढेको पृष्ठभूमिमा राष्ट्रिय अर्थतन्त्र घट्ने सम्भावनाको दवावलाई जोड दिनुपर्छ।

जानकारी तथा लेखहरु