फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको विकासमा चीन सकारात्मक रहेको नेकपाका महासचिवको भनाइ

(GMT+08:00) 2019-10-18 14:44:25

नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपाल सरकारले चीनसँग नयाँ उचाइको सम्बन्ध निर्माण गरेको बताउनु भएको छ। रुपन्देहीको सैनामैनामा बिहीबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरागर्दे उहाँले नेपालको विकासमा चीन सरकार सकारात्मक देखिएको बताउनु भएको अनलाइन खबरले लेखेको छ।

भर्खरै चीनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमणपछि नेपालको विकासको गतिमा फरक पर्ने उहाँले औँल्याउनुभयो। 'भ्रमण सकारात्मक भयो, दुई देशबीचमा भएका सहमतिका नतिजाहरु आउने दिनमा देखिन थाल्नेछन्' महासचिव पौडेलले भन्नुभयो। सरकारले छिमेकीसँग सम्बन्ध बढाएको उहाँको भनाइ थियो। नेपाल–भारत बीचको समबन्ध राम्रो भएको उल्लेख गर्दै उहाँले चीनसँको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताउनुभयो।

महासचिव पौडेलले नेपाल र नेपालीको हितमा सरकारले सम्बन्ध बढाएको चर्चा गर्नुभयो। नेपालको विकासमा चीन र भारतको दह्रो साथ, समर्थन रहेको समेत उहाँको दाबी थियो। चिनियाँ पर्यटक यसपाली ठूलो संख्यामा नेपाल घुम्न आउने भन्दै उहाँले यो अवसरलाई लुम्बिनीसँग जोडेर अघि बढ्नुपर्ने समेत बताउनुभयो।

चीनसँगको सम्बन्धले बुटवलको विकासमा सहयोग पुर्‍याउने बताउनुभयो। निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले आर्थिक विकास गर्न चाहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु