फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघबाट हट्ने बेलायतको चाहना अझै अस्पष्ट

(GMT+08:00) 2019-10-18 15:07:51
ब्रुसेल्स समय अनुसार अक्टोबर सत्र तारिख विहान युरोपेली संघ र बेलायतले नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। यो समय युरोपेली संघको नयाँ चरणको शिखर सम्मेलन सुरु हुन ६ घण्टा मात्र बाँकी रहेको क्षण हो।

हाल बेलायतद्बारा युरोपेली संघबाट हट्ने नयाँ सम्झौताको औपचारिक पाठ सार्वजनिक गरेको छैन। तर युरोपेली संघले दुवै पक्षले उत्तरी आयरल्यान्ड क्षेत्रको भन्सार कर संघ र एकल बजार व्यवस्था सम्बन्धी समस्याको समाधान गर्ने सकिने औँल्याएको छ। युरोपेली संघका समितिका अध्यक्ष जिन क्लाउड जुन्केरले यो सम्झौता एउटा निष्पक्ष र सन्तुलित सम्झौता रहेको बताउनु भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले यो धेरै उत्तम सम्झौता भन्नु भएको छ।

तर बेलायतद्बारा युरोपेली संघबाट हट्ने स्थिति अस्पष्ट छ। बेलायतद्बारा युरोपेली संघबाट हट्ने क्रममा दुवै पक्षले सरकारी स्तरमा धेरै पटक सम्झौतामा हस्ताक्षर गरेका छन्। त्यसअघि युरोपेली संघले बेलायती पूर्व प्रधानमन्त्री टेरेसा मईको सरकारसँग तीन पटक सम्झौता गरेको छ। तर हरेक पटक बेलायत संसदले सम्झौतालाई अस्वीकार गर्दै आएको छ। त्यसैले सरकारीस्तरको सम्झौता यो पहिलो चरण मात्र हो, बेलायत संसदमा युरोपेली संघबाट हट्ने निर्णय गर्ने शक्ति छ।

जानकारी तथा लेखहरु