फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका लगायत विभिन्न मुलुकका व्यवसायलाई लगानी गर्न चीनमा स्वागत

(GMT+08:00) 2019-10-18 16:50:09
चीनको खुलापनको ढोका अझ फराकिलो हुँदै जाने छ। चीनले अमेरिका लगायत विभिन्न मुलुकका व्यवसायद्वारा चीनसँगको लगानी र सहयोगलाई विस्तार गर्ने कार्यलाई स्वागत गरेको छ जसबाट अझ राम्ररी पारस्परिक हित तथा साझा फाइदालाई व्यवहारमा उतार्न सकिने छ। चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले हिजो अक्टोबर १७ तारिख पैचिङमा अमेरिका चीन व्यापार राष्ट्रिय परिषदका अध्यक्षद्वारा नेतृत्व प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीनले विनिर्माण उद्योग,सेवा व्यवसायलाई चौतर्फी खुला गर्दै जाने छ। चीनले अन्तर्राष्ट्रिय उत्कृष्ट मापदण्डबमोजिम बजारमूलक,कानुनी,अन्तर्राष्ट्रिय वाणिज्य वातावरण सिर्जना गर्दै स्वदेशी तथा विदेशी व्यवसायलाई एउटै मापदण्डमा व्यवस्थापन गर्ने छ। चीनसँग एक अर्ब चालीस करोड जनसंख्या रहेको ठूलो बजार छ भने यससँग ठूलो संचिति व्यापारिक अवसर तथा शक्ति पनि रहेको छ। चीनको विकास विश्वका लागि राम्रो अवसर हो।

अमेरिकी प्रतिनिधिको विचारमा अमेरिका र चीनबीचको सहयोग दुबै पक्षबीचको हितसँग अनुकूल छ। अमेरिकी औद्योगिक वाणिज्य क्षेत्रले चीनसँग सम्पर्क राख्ने र आपसी व्यापार युद्ध नगर्ने बिचार राखेको छ। वार्ता र छलफलमार्फत खास तथा प्रभावकारी सम्झौता पाउनसक्ने आशा अमेरिकी औद्योगिक वाणिज्य क्षेत्रले गरेको छ।

जानकारी तथा लेखहरु