फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बजार सुधारबाट करोडौँ मानिसले गरीबीबाट मुक्ति पाएको विश्व बैंकको भनाइ

(GMT+08:00) 2019-10-18 16:56:14
विश्व बैंकका प्रमुख डेभिड मालपासले अक्टोबर १७ तारिख विगत दस वर्षभित्र चीनले बजार सुधारबाट ठूलो विकास हासिल गरेर भन्दै करोडौं मानिसहरूलाई गरीबी उन्मुलन गरेको बताउनुभयो।

प्रमुख मालपासले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको शरदकालीन वार्षिक बैठकको उद्धादन समारोहपछि पत्रकार सम्मेलनमा चीनले सुधार कदम चालेर विश्व आर्थिक र विश्व आपूर्ति शृङ्खलासँग घनिष्ट रुपमा सम्पर्क गरेको औँल्याउनुभयो। सोबाट चीनको विकास र चीनको गरीबी उन्मुलन मामिलाका लागि धेरै हित रहेको उहाँले उल्लेख गर्नुभयो।

१७ तारिख चीनको छैटौँ गरीबी उन्मुलन दिवस हो। यो २७ औँ विश्व गरीबी उन्मुलन दिवस पनि हो। सुधार र खुलापनको ४० औँ वर्षदेखि चीनमा ७० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको छ। विश्व गरीबी उन्मुलन मामिलाका लागि ठूलो योगदान रहेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु