फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्र प्रतिकूल अवस्थासँग डराउँदैन

(GMT+08:00) 2019-10-18 18:34:01

चिनियाँ तथ्यांक व्यूरोले अक्टोबर १८ तारिख प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा पहिलो तीन त्रैमासिक अवधिमा चीनको उत्पादन कूल रकम ६९७ खर्ब ७९ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले बृद्धि भएको छ। चीनको आर्थिक स्थिर रुपमा बढेको छ। आर्थिक संरचना र जनताको जीवनको निरन्तर सुधार हुँदै गएको छ। समग्र विश्व अर्थतन्त्र नाजुक स्थितिमा रहेको अवस्थामा चीनको अर्थतन्त्रमा यस्तो सफलता प्राप्त भएको छ। यसबाट चीनको अर्थतन्त्र बलियो रहेको प्रष्ट हुन्छ।

चीनको विगत आर्थिक बृद्धि दरको तुलनामा ६.२ प्रतिशतले यो मध्यम र उच्च गति हो। तर विश्वव्यापी मुख्य अर्थव्यवस्थामा ६.२ प्रतिशतले यो सबैभन्दा द्रुत गतिको आर्थिक बृद्धिदर हो।

यसका साथै पहिलो तीन त्रैमासिक अवधिमा चीनको अरु समष्टि आर्थिक संकेतकहरू पनि उचित सीमामा रहेका छन्। जस्तै रोजगारी र सीपीआइको बृद्धिदर पनि उचित सीमामा रहेका छन्।

यस वर्षदेखि एकपक्षीयवाद र व्यापार सुरक्षावादको प्रभावमा विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारको बृद्धि दर सुष्त बनेको छ। बजारको जीवन शक्ति सक्रिय बनाउनका लागि चीनले क्रमबद्ध नीति कार्यन्वयन गरेको छ। जसबाट आर्थिक स्थिरता रुपमा विकासका लागि धेरै महत्वपूर्ण शक्ति दिइएको छ।

जानकारी तथा लेखहरु