फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले आयातलाई विस्तार पार्ने र व्यापारिक वातावरणलाई सुधार गर्ने

(GMT+08:00) 2019-10-23 16:27:26

वैदेशिक व्यापारको रूपान्तरण र अध्यावधिकलाई छिटो पार्ने र व्यापारको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने कार्यबारे चिनियाँ राज्य परिषद्को प्रतिवेदन लेखाजोखाका लागि राष्ट्रिय जन काँग्रेसको स्थायी समितिसमक्ष पेश गरिएको छ। वर्तमान वैदेशिक व्यापारको कठिनाइप्रति उक्त प्रतिवेदनले सक्रियताका साथ आयातलाई विस्तार पार्नुका साथै व्यापार वातावरणको सुधार गरी अन्तर्राष्ट्रिय व्यापारको नयाँ परिरस्थितिको सिर्जना गर्ने विषय प्रस्तुत गरेको छ।

सन् २००९ देखि निरन्तर १० वर्षमा सामानको व्यापारमा चीन विश्वको प्रथम निर्यात देश र दोस्रो आयात देश बनेको छ। उक्त प्रतिवेदनले आयातलाई विस्तार पार्नु भविष्यको कार्यमा निरन्तर महत्वपूर्य विषय बनाएको चिनियाँ वाणिज्य मन्त्री चुङ शानले व्यक्त गर्नुभएको छ।

केही समयदेखि चीनको व्यापार वातावरण ज्यादै ध्यानाकर्षित छ। देश र विदेशमा जोखिम र चुनौति स्पष्ट बढेको जटिल अवस्थाका सामु, व्यापार वातावरणलाई श्रेष्ठ पार्न र खुलापनलाई गहन पार्नका लागि चीनले अनेकन कदमको तर्जुमा गरेको छ। विश्व बैंकबाट प्रकाशित व्यापार वातावरणको प्रतिवेशन २०१९ का अनुसार, चीनको सीमा पार व्यापारको वातावरण पहिलाको ९७ औँ स्थानबाट ६५ औँ स्थानसम्म उकासेको छ। व्यापार वातावरणको सुधार चीन सरकारको कार्यमा निरन्तर महत्वपूर्ण विषय हुने जानकारी वाणिज्य मन्त्री चुङ शानले दिनुभयो।

जानकारी तथा लेखहरु