फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा व्यापार वातावरणको सुधार नियम सार्वजनिक

(GMT+08:00) 2019-10-23 17:18:26

चीनका प्रधानमन्त्री ली ख छ्याङले राज्य परिषदको आदेशमा सही गरेर व्यापार वातावरणको सुधार नियम सार्वजनिक गर्नुभएको छ। यो नियम सन् २०२० जनवरी १ तारिखदेखि लागू हुनेछ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदले व्यापार वातावरणको सुधार कार्यमाथि उच्च महत्व दिएको छ। व्यापार वातावरणको सुधार गर्न, उत्पादनकर्ताको स्वतन्त्रता र विकास गर्न, आधुनिक अर्थतन्त्र प्रणालीको निर्माणलाई द्रुत पार्न र उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउनका लागि विशेष नियमको तर्जुमा गरी व्यापारिक वातावरणको सुधारलाई अझ बलियो प्रत्याभूति र समर्थन दिन अवश्यक छ।

उक्त नियमले केही वर्षयता चीनको अनुभवको समीक्षा गरी प्रभावित र आवश्यक सुधार कदमलाई नियमको रूपमा निश्चित गरेको छ।

यसले व्यापार वातावरणको सुधार गर्ने सिद्धान्त र दिशालाई स्पष्ट पारेको छ। बजार इकाईको सुरक्षालाई सबल पार्दै बजारको वातावरणको सुधार पनि गरेको छ। सरकारी मामिलामा सेवाको क्षमता तथा स्तरलाई उकासेको छ भने पर्यवेक्षण र कार्यान्वयनलाई विशिष्ट पार्दै नयाँ सिर्जना गरेको छ। कानुनी शासनको प्रत्याभूतिलाई यसले अझै जोड दिएको छ।

जानकारी तथा लेखहरु