फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारी संस्थाको स्वामित्वयुक्त सरकारी सम्पत्तिको प्रतिवेदनमाथि लेखाजोखा हुने

(GMT+08:00) 2019-10-23 18:46:34

चीनको प्रशासनिक एकाइ र सरकारी संस्थाको स्वामित्वयुक्त सरकारी सम्पत्तिसम्बन्धी प्रतिवेदन २०१८ को लेखाजोखाका लागि तेह्रौं राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको चौथो बैठकसमक्ष पेश गरिएको छ। यो चिनियाँ राज्य परिषद्ले राष्ट्रिय जन काँग्रेसको स्थायी समितिसमक्ष पहिलोपटक प्रशासनिक एकाइ र सरकारी संस्थाको स्वामित्वयुक्त सरकारी सम्पत्तिको जानकारी दिएको हो।

प्रतिवेदनका अनुसार, सन् २०१८ सम्म चिनियाँ प्रशासनिक एकाइ र सरकारी संस्थाको स्वामित्वयुक्त सरकारी सम्पत्तिको कूल रकम ३३५ खर्ब चिनियाँ युआन पुगेको छ। साथै ऋणको रकम ९९ खर्ब युआन छ भने खुद सम्पत्ति २३६ खर्ब चिनियाँ युआन रहेको छ। जनजीवनसित सम्बन्धित प्रशासनिक एकाइ र सरकारी संस्थाको स्वामित्वयुक्त सरकारी सम्पत्ति तिव्र गतिले बढेको छ। सार्वजनिक आधारभूत प्रबन्ध, शिक्षा, चिकित्सा तथा स्वास्थ्य लगायत क्षेत्रमा प्रशासनिक एकाइ र सरकारी संस्थाको स्वामित्वयुक्त सरकारी सम्पत्ति २३४ खर्ब चिनियाँ आयुन भएको छ। यो रकम सन् २०१६ देखि २०१८ सम्म वर्षप्रति ७.८ प्रतिशतले वृद्धि भएको चिनियाँ अर्थमन्त्री लिउ खुनले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु