फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा भिसालाई हतियार बनाएकोमा चीनद्वारा आलोचना

(GMT+08:00) 2019-10-23 19:11:21

अक्टोबर २१ तारिख वाशिङ्टनमा आयोजित ७० औं अन्तर्राष्ट्रिय अन्तरिक्ष संघको बैठकमा चिनियाँ अन्तरिक्ष प्रतिनिधि मण्डल सहभागी भएको छैन। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज अक्टोबर २३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ प्रतिनिधि मण्डललाई अमेरिकी भिसा पाउनका लागि प्रतिरोध गरिएको पुष्टि गर्नुभएको छ।

उहाँका अनुसार, चीन सधैं अन्तरिक्षमा बहुपक्षीय सहयोगको समर्थक हुनुका साथै अन्तर्राष्ट्रिय अन्तरिक्ष संघको बैठकमा महत्वपूर्ण सहभागी मुलुक हो। हरेक वर्ष चीनले बैठकमा प्रतिनिधि पठाएको छ। यही जुलाईमा चीनले अमेरिकासमक्ष प्रारम्भिक नामावली दिनुका साथै चिनियाँ राष्ट्रिय अन्तरिक्ष व्यूरोको प्रतिनिधि मण्डलले अक्टोबर १२ तारिख अमेरिकी दूतावासमा भिसाका लागि प्रत्यक्ष रूपमा उपस्थित भएका थिए। तर बैठकको सुरूसम्म चिनियाँ प्रतिनिधिले अमेरिकी भिसा पाएका छैनन्।

अचम्म लाग्ने कुरा के हो भने, बैठकको उद्धादन समारोहमा अमेरिकी उप-राष्ट्रपति माइक पेन्सले सम्बोधन गर्दै अमिकी अन्तरिक्ष नीति वा अन्तर्राष्ट्रिय सहयोगबारे कुनै नयाँ विषयको जानकारी नदिए तापनि अमेरिकाको नेतृत्वमा समान दिमाग र स्वतन्त्रतालाई माया गर्ने देशसँगै अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने घोषणा गर्नुभयो। उहाँको राजनीतिक रंगको सम्बोधन अन्तर्राष्ट्रिय अन्तरिक्ष संघको उदेश्यसँग नमिल्दो भएको विचार विभिन्न देशका विद्वानहरूले गरेका छन्।

अमेरिकाले भिसाको मामिलालाई हतियार बनाएर अन्तर्राष्ट्रिय जिम्मेवारी र दायित्वको अवहेलना गर्नुका साथै सामान्य अन्तर्राष्ट्रिय आदान-प्रदान तथा सहयोगलाई रोकेको छ। जसले विभिन्न पक्षको उचित अधिकार र फाइदामाथि धम्की दिएर ध्वस्त बनाएको छ। चीनले अमेरिकासँग आफ्नो गल्ती सच्याउन ताकिता गरेको प्रवक्ता ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु