फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फूल उत्पादनमा प्रगति गर्दै नेपाल

(GMT+08:00) 2019-10-26 13:52:01
पुष्प संस्कृतिको वृद्धिसँगै बर्सेनि फुल तथा फुलजन्य कारोबारले फड्को मार्न थालेको छ। जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने फुलजन्य उत्पादनको वार्षिक कारोबार अढाइ करोड नजिक पुगेको छ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार गत आर्थिक वर्षमा २ अर्व ४२ करोड बराबरको पुष्प जन्य उत्पादनको कारोबार भएको छ। फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार उपभोक्ताले सजावटका लागि पनि गमलामा फुल राख्ने प्रचलन बढेकाले बर्सेनि कारोबारसमेत बढ्दो छ। पश्चिमा समाजमा उपहारमा फुललाई शताब्दीऔंदेखि प्राथमिकता दिने गरिन्छ।

नेपालमा पुष्प प्रवर्द्धनमा फ्यानले नै अग्रणी भूमिका खेल्दै आएको छ। फ्यानका अनुसार फुलको माग बर्सेनि १०–१५ प्रतिशत र राष्ट्रिय उत्पादन ७ देखि ८ प्रतिशतले बढिरहेको छ। माग बढ्दै जाँदा त्यसको आपूर्ति गर्न स्वदेशमै उत्पादन बढाउन फ्यानले पाँच वर्षे योजना नै बनाएर लागू गरेको छ। नेपालमा करिब २० प्रतिशत फुल अझै अपुग रहेको अनुमान छ।

करिव दुई दशकअघि करिव १ करोड रकम बराबरको कारोबार हुने पुष्प क्षेत्रको वार्षिक कारोबार गत वर्षसम्म अढाइ अर्वको नजिक पुगको हो। र यो बढ्दो क्रममा छ तथ्यांकअनुसार आव ०७४/७५ २ अर्व १४ करोडको पुष्पजन्य काराबोर भएको थियो भने त्यसको अघिल्लो वर्ष १ अर्व ५९ करोड रकम बराबरको कारोबार भएको देखिन्छ। ०७२/७३ मा १ अर्व ३४ करोडको कारोबार भएको तथ्यांक छ। फ्यानका अनुसार फुलको माग बर्सेनि १०–१५ प्रतिशत र राष्ट्रिय उत्पादन ७ देखि ८ प्रतिशतले बढिरहेको छ।

तथ्यांक विभागले व्यवसायीक पुष्पखेती सर्वेक्षण गरेको छ । पुष्पखेती सर्वेक्षण २०७२ का अनुसार मुलुकभर ३६ जिल्लामा ५६१ वटा व्यवसायिले पुष्पखेती संचालन गरेका छन्। त्यसयता जिल्ला र व्यवसायीसमेत बढ्दो क्रममा छन्। संख्यात्मक हिसावले पुष्पखेती गरिने प्रमुख ५ जिल्लाहरूमा काठमाण्डौ पहिलो मानिन्छ। काठमाडौंमा २८३ स्थानमा पुष्प खेति हुने गरेको छ भने ललितपुरमा ४०, मोरङ्गमा २३, कास्कीमा २२ र भक्तपुरमा २० रहेको कारोबार अनलाइनले जनाएको छ।

व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२ का अनुसार २०६० देखी २०७० को दशक सबभन्दा बढी संख्यामा (२९९) व्यावसायिक पुष्पखेती सञ्चालनमा आएको पाइएको छ भने पुष्पखेती व्यवसाय सञ्चालकमध्ये २९ प्रतिशत महिला प्रमुख सञ्चालक रहेको पाइएको छ । सत प्रतिशतजसो किसान पुष्प खेतीबाट सन्तुष्ट रहेको जनाएको पनि सर्वेक्षणको निष्कर्ष छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले नेपालमा पुष्प प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गरिएको र आवश्यक परे थप सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु