फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्याँस पाइपलाइन परियोजना शुरू

(GMT+08:00) 2019-10-26 13:52:42
बारा जिल्लाको अमलेखगन्ज चितवनसम्म ग्याँस पाइपलाइन परियोजनाको सर्भेको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पिलर गाडेर शुभारम्भ गर्नुभएको छ।

बाराको अमलेखगन्जमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू भाषण भन्दा पनि काममा बढी विस्वास गर्ने बताउनुभयो । उहाँले विगतमा भारतबाट अमलेखगञ्ज सम्मको पेट्रोलियम पाइप लाइन निर्माण ३० महिनामा सक्ने लक्ष्रय राखेकोमा सो काम १५ महिनामा पूरा भएको तथा अहिले शतप्रतिशत तेल पाइपबाट आइरहेको बताउनुभयो।

सो कार्यक्रम नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु