फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छैठौं विश्व इन्टरनेट सम्मेलनमा नेपाली विशेषज्ञ सहभागी

(GMT+08:00) 2019-10-27 13:35:07

चीनमा भएको छैठौं विश्व इन्टरनेट सम्मेलनमा सहभागी हुनुभएका नेपालको आविष्कार केन्द्रका संस्थापक महावीर पुनले दुर्गममा शिक्षा, स्वास्थ्य, बैंकिङ, तालिम इत्यादि सञ्चालन गर्न सकिने भएकाले इन्टनेटका धेरै फाइदाहरु प्रस्तुत गर्नुभएको छ। उहाँले भन्नुभयो, 'टेलिमेडिसिनबाट स्वास्थ्य सेवा दिन, रेमिट्यान्स खोलेर ई-बैंकिङ सेवा लिन, शहरबाट ग्रामीण भेगका वासिन्दासमक्ष तालिम उपलब्ध गराउन इन्टरनेटले ठूलो काम गर्छ।' उहाँले सहरमा बस्ने वा गाउँमा बस्ने जो कोहीलाई इन्टरनेटले जोड्नसक्ने र विकासमा तीव्र फड्को मार्न सकिने सुनाउनुभयो।

अक्टोबर २० देखि तीन दिनसम्म चलेको सम्मेलनमा विभिन्न ८० वटा मुलुक तथा क्षेत्रबाट १५ सय भन्दा बढी सहभागिहरु जम्मा भएका थिए। सम्मेलनमा आफ्नो भाषण राख्दै पुनले नेपालजस्ता कम विकसित मुलुकमा साइबर सुरक्षाको अवस्थाबारे बताउनुभयो। उहाँले गाउँघरमा मात्रै नभएर सहरी क्षेत्रका इन्टरनेट प्रयोगकर्ताहरूमा पनि भाइरस, स्पाम लगायत इन्टरनेटका अन्य विविध तरीकाबाट के कस्तो सुरक्षा खतरा हुन्छ भन्नेबारेमा सतर्कता कम रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो।ताररहित इन्टरनेटमार्फत् जनचेतना फैलाएर अन्तर्राष्ट्रिय ख्याति कमाएका वैज्ञानिक महावीर पुन चीनमा इन्टरनेट सम्बन्धी अतिरिक्त अन्तर्क्रियाहरूमा पनि सक्रिय भएको कान्तिपुर अनलाइनले जनाएको छ। विश्वमा इन्टरनेट स्थापनाको आधा शतक पुगेको उपलक्ष्यमा चच्याङ प्रान्तमा आयोजित विश्व इन्टरनेट सम्मेलनमा सहभागी भैसकेपछि उहाँ शाङ्हाई नगर र क्वाङ्तोङ् प्रान्तका दुई शहरमा पुगेर त्यहाँस्थित नेपालीहरू र चिनियाँ कम्पनीहरूसँगको अन्तर्क्रियामा जुट्नुभएको थियो।

सम्मेलन सकिएलगत्तै उहाँ २३ र २४ तारिख शाङ्हाईस्थित नेपालीहरूसँगको अन्तर्क्रियामा जुटेका उहाँले भन्नुभयो, 'कतिले आविष्कार केन्द्रको बारेमा सुनेका पनि रहेनछन्, यसबारेमा जानकारी दिइरहेको छु।'

केन्द्रले अहिले गरिरहेका कामहरू र भविष्यका योजनाबारे अपडेट गराएको उहाँले बताउनुभयो। चीनमा धेरै प्राविधिक विकास देखेका नेपाली युवाहरूले नेपालमा पनि यस्तै किसिमको 'इनोभेसन' गर्नुपर्ने सुझाव दिएका छन्। क्वाङतोङ प्रान्तका शनचन र क्वाङ्चौ सहर शाङ्हाइजस्तै प्राविधिक रूपमा सम्पन्न व्यापारिक क्षेत्र मानिन्छन्। २५ तारिखदेखि क्वाङतोङमा रहेका उनले शनचनमा केही चिनियाँ निजी कम्पनीहरूसँग पनि अन्तर्क्रिया गरेको त्यहाँ कार्यरत लक्ष्मी तामाङले जानकारी दिनुभयो।

चिनियाँहरूसँगको छलफलमा प्रविधिको प्रयोग गरेर कसरी उद्यमशीलता विकास गर्ने भन्नेबारे धारणा लिइरहेको पुनले बताउनुभयो। उहाँले भन्नुभयो, 'चिनियाँहरू उद्यमी बन्ने कुरामा निकै सक्रिय छन्। नेपालीहरू उद्यमी नबनेसम्म आर्थिक फड्को मार्न सकिँदैन। चिनियाँ कम्पनीसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर बुझिरहेको छु।'

पुनले सोमबार नेपाल फर्किनुअघि क्वाङ्चौमा गैरआवासीय नेपाली संघ, चीनका साथै केही विश्वविद्यालयका नेपाली विद्यार्थीहरूसँग अन्तर्किया कार्यक्रम गर्ने योजना रहेको पनि सुनाउनुभयो।

जानकारी तथा लेखहरु