फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली विद्यार्थी चिनियाँ कन्फ्रेन्समा

(GMT+08:00) 2019-10-27 13:45:28

चीन तथा विश्वको शैक्षिक अवस्था सम्बन्धी दोश्रो पीडीसी अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन हालै पैचिङमा आयोजित भयो। सोही सम्मेलनका दौरान बीसौं सीएसीआईई भावी शिक्षा मञ्च पनि आयोजना गरिएको छ।

सम्मेलनमा विभिन्न १० देशका शिक्षा विशेषज्ञ तथा विद्यार्थीहरूले भाग लिएर शिक्षाको भावी दिशाबारेमा अनुभव बाँडफाँड तथा विश्लेषण गरेका छन्। सन् २०१६ मा पैचिङ हुच्यालौ सेन्ट्रल प्राइमरी स्कूलको प्रस्तावनामा परियोजना, संचालन र सिर्जना गरी तीन पक्ष समेटेर पीडीसी अवधारणा अघि सार्दै विभिन्न शैक्षिक संस्थाहरूबीच शैक्षिक रूपान्तरणको स्वरपबारे बहस हुँदै आएको छ।

यस पटकको सम्मेलनमा फिनल्याण्ड, अमेरिका, बेलायत, नेपाल, न्यूजिल्याण्ड, अष्ट्रेलिया, जर्मनी, स्पेन, क्यानडा र चीन सहभागी भएका थिए। विदेशी विद्वानहरू ४२ र सहभागीको संख्या ४ सयको हाराहारीमा थियो। नेपालको बाबा बोर्डिङ स्कूल काठमाडौंका २ शिक्षक र २ विद्यार्थी तथा क्यारिना इन्टरनेश्नल एकेडेमीका २  शिक्षाविद् सहभागी भएको पैचिङस्थित केमी एडुकेसनका अनुसन्धान तथा तालिम निर्देशक कृष्ण पौडेलले जानकारी दिनुभयो।।

विश्वका विभिन्न देशका विज्ञहरूसँग सम्मेलनमा सहभागी भएपछि सहभागी विद्यार्थीहरूले कसरी परियोजना आधारित सिकाइद्वारा अघि बढ्दा सिर्जनाशक्ति, आविष्कार र सहकार्यको भावना विकास हुन्छ भन्ने बारेमा जानकारी पाएको बताए। साथै उनीहरूले चिनियाँ विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न पाएकोमा प्रसन्नता प्रकट गरे। कार्यक्रमको अवधिमा नेपाली विद्यार्थीहरूले परम्परागत नेपाली नृत्य प्रस्तुत गरेका थिए भने फरबिडन सिटी, ग्रेटवाल, समर प्यालेस लगायत भ्रमण र तीव्र गतिको रेलको समेत अनुभव लिएका थिए।

जानकारी तथा लेखहरु