फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेवार समुदायले शरीरपूजा

(GMT+08:00) 2019-10-28 14:47:33
म्हःपूजा (आत्मपूजा/शरीरपूजा) नेवार समुदायले मात्रै गर्छन्। नेवारीमा 'म्ह'को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो। यो पर्व गोवद्र्धन पूजाको दिन पर्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इस्वी सम्बत् ८८०) मा नेपाल सम्बत्को सुरुवात् गरेका थिए। म्हःपूजा त्योभन्दा अगाडिदेखि सुरु भएको मानिँदै आएको छ। तिथि/मिति सहितको लिखित इतिहास भने छैन।

हिन्दू र बौद्ध दुवै धर्मलाई उत्तिकै महत्व दिने नेवार समुदायले विभिन्न मौलिक पर्व मनाउँदै आएको छ। अन्य नेपालीले दशैं मनाउने बेला नेवार समुदायको मोहनी नखः पर्छ। जसअन्तर्गत कुछिभ्वय (अष्टमी), स्याक्वत्याक्व (नवमी) र चालँ (दशमी) गरी विशेष तीन दिन नेवारहरुले मोहनी नखः मनाउँछन्। त्यस्तै, नेवारहरुले तिहार विशेषतः तीन दिन मनाउँछन्– लक्ष्मीपूजा, म्हःपूजा (गोवद्र्धपूजाको दिन) र किजापूजा (भाइटीकाको दिन)।

लक्ष्मीपूजाको दिन नेवारहरुले पनि अन्य हिन्दू धर्मावलम्बीले जस्तै धनधान्यकी देवी लक्ष्मीको पूजा गर्छन्। गोवद्र्धनपूजाको दिन भने नेवार समुदायमा म्हःपूजा गरिन्छ। यसैगरी भाइटीकाको दिन अरूले जस्तै किजापूजा अर्थात् दाजुभाइको पूजा गरिन्छ।

म्हःपूजाको किंवदन्तीबारे भिन्नभिन्न मत पाइन्छन्।

मानिसको शरीर काया, वाक् र चित्तको संयोजन हो। काया नभई वाक् र चित्त हुँदैन। यसैगरी वाक् र चित्त नभई काया मात्रै भयो भने त्यो मृततुल्य हुन्छ। काया र चित्त भए पनि वाक् भएन भने त्यो काया र चित्तले कुनै कार्यसम्पादन गर्न नसक्ने नागरिकन्यूज डटकमले समाचार लेखेको छ।

जानकारी तथा लेखहरु