फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली उत्पादनमा भारतीय लोगो देखिएकोमा संयुक्त अरब इमिरेट्स (यूएई) असन्तुष्ट

(GMT+08:00) 2019-10-28 14:49:26
नेपालका उत्पादन नेपालकै लोगोमा खरिद गर्न संयुक्त अरब इमिरेट्स (यूएई) इच्छुक देखिएको छ । यूएईका राजदूत साइद हमदान मोहम्मल अल नक्वीले नेपालका उत्पादन सिधा यूएई पठाउने मार्गबारे सोच्न नेपाललाई सुझाव दिनुभएको छ।

नेपालका वस्तु भारतको लोगोमा आफ्नो देशमा प्रयोग भइरहेको उहाँले सुनाउनुभयो। ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ गरी नेपाल आफंैले निर्यात गर्न सक्ने उहाँको भनाइ छ।

'नेपाल आफैंले पठाउन सक्छ । यसका लागि नेपालले सोच्नुपर्छ । यूएई सहयोग गर्न तयार छ', इलाम घुम्ने क्रममा उहाँले सूर्योदयमा आयोजित कार्यक्रममा भन्नुभयो। अन्नपूर्ण पोस्टका अनुसार यूएईले चीन, भारत र पाकिस्तानलगायत देशबाट खाद्य पदार्थ सोझै आयात गर्दै आएको उल्लेख गर्दै उहाँले यसमा नेपाल छुट्न नहुने बताउनुभयो।

यस्तै साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आई मारवानले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्नुभयो।। नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा थप सहयोग गर्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ थियो। नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले यूएई र साउदी अरबयामा इलामका उत्पादन चिया, अदुवा र अलैंची व्यापारको ढोका खोल्न भ्रमण फलदायी हुने बताउनुभयो।

जानकारी तथा लेखहरु