फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालकै दोस्रो लामो पुल निर्माण पूरा

(GMT+08:00) 2019-10-30 14:49:36
नेपालकै दोस्रो लामो पुल निर्माण पूरा भएको छ। दाङको राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण सम्पन्न भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करिब १ अर्ब लगानीमा बनाइएको हो। उक्त पुल अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु गरेको थियो।

आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै काम सकिएको पुल निर्माण योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख बाबु पन्तले जानकारी दिनुभयो। अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको बताउँदै उहाँले उक्त पुलको उद्घाटन आउँदो माघमा गरिने जानकारी दिनुभयो।

उक्त पुल निर्माण भएपछि दाङ देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ। पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल बनेपछि १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ। यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ। जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ।

तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन्। पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताउनुभयो। यसअघि बर्दियाको पश्चिमक्षेत्र भौराटापुअन्तर्गत कोठियाघाटमा नेपालकै लामो पुल बनिसकेको छ। १ हजार १५ मिटर लम्बाइ र ९.१० मिटर चौडाइयुक्त यो पुल १ अर्ब रुपैयाँ लागतमा तयार भएको हो।

जानकारी तथा लेखहरु