फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रेक्जिटबारे निर्णय गर्ने अवसरको रूपमा तोकिएको चुनाव समयभन्दा अगावै हुने

(GMT+08:00) 2019-10-30 19:22:29
स्थानीय समय अनुसार अक्टोबर २९ तारिख बेलायती तल्लो सदनमा 438 पक्ष र 20 मत विपक्षका साथ प्रधानमन्त्री बोरिस जोनसनले प्रस्तुत गर्नुभएको डिसेम्बर १२ तारिखको निर्वाचन तोकिएको समयभन्दा अघि नै आयोजना गर्ने प्रस्ताव पारित भएको छ। बेलायती निरन्तर दुई कार्यकालका सरकारले 'युरोपेली संघ परित्याग गर्ने' ब्रेक्जिट सन्धि तल्लो सभाबाट पारित नभएकोले तोकिएको समयभन्दा अघि नै चुनाव गर्ने, हालै बेलायतको डामाडोल परिस्थितिलाई एउटा समाधानको मौका दिने अपेक्षा गरिएको छ।

क्रिसमस अगाडि हुने यस चुनावको नतिजाले, निकट भविष्यमा बेलायतको युरोपेली संघ परित्यागबारेको अवस्थालाई प्रभाव पार्नुका साथै कन्जर्भेटिभ पार्टीका नेता जोँनसन र मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कर्बिनको भाग्य पनि निर्धारण गर्ने भएकाले चुनाव अर्थपूर्ण छ।

हालै विश्वमा बेलायतको 'युरोपेली संघबाट बाहिरिने जस्तो अस्थिर अवस्था आवश्यक नभएको र अझ बढी स्थिरता चाहिएको भन्ने टिप्पणी छ। जनहित अनुरुप मुलुकको शासन गर्ने एउटा सही र स्थिर बाटो आवश्यक छ।

जानकारी तथा लेखहरु