फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो मुलुकसँगको आयातनिर्यातका लागि नेपाली व्यवसायी भारतको विशाखापट्टनम् बन्दरगाहतर्फ आकर्षित

(GMT+08:00) 2019-10-31 14:45:01
कोलकाता बन्दरगाहको अव्यवस्थाबाट आजित भएका नेपाली आयातकर्ताको रोजाइ विशाखापट्टनम् बन्दरगाह बन्न पुगेको छ । यसले आधा शताब्दीभन्दा लामो समयदेखि नेपालको तेस्रो मुलुकसँगको आयातनिर्यात व्यापारमा कोलकाताको बन्दरगाहको एकाधिकार पनि तोडिएको छ। ६ महिना यताको तथ्यांकले पनि कोलकातालाई विशाखापट्टनम्बन्दरगाहले उछिनी सकेको पुष्टि गर्छ। यस वर्षको अप्रिल महिनादेखि नेपालको तेस्रो मुलुकबाट आउने कार्गो कन्टेनरको संख्या कोलकाताभन्दा विशाखापट्टनम्बाट बढेको छ। कतिपय महिनामा कोलकाताभन्दा विशाखापट्टन हुँदै आउने कन्टेनरको संख्या दोब्बरभन्दा पनि बढी रहेको छ ।

सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार अप्रिल महिनामा कोलकाताबाट १९ र विशाखापट्टनमबाट २० कन्टेनरबाहक रेल्वे र्‍याक आएका थिए। विशाखापट्टनम् बन्दरगाहले सिर्सिया सुक्खा बन्दरगाहका लागि २०१७ को जुन महिनादेखि मात्र सेवा दिन थालेको हो। नेपाली आयातकर्ताले लामो समयदेखि सबैभन्दा नजिकको भारतीय बन्दरगाह कोलकाता बन्दरगाहमा झेल्दै आएको समस्याको कारण विकल्पको खोजीमा थिए । कोलकाता जत्तिकै लागत पर्ने र कोलकातामा जस्तो कुनै पनि झन्झट विशाखापट्टनम्मा नहुने भएपछि नेपाली आयातकर्ताको रुझान विशाखापट्टनम्तर्फ हुन गएको भन्सार एजेन्टको भनाइ छ।

हिमालयन टर्मिनल्सका सूचना अधिकृत एवं अनिमेश कुमारले विशाखापट्टनम् बन्दरगाह कोलकाताको तुलनामा अत्याधुनिक र व्यवस्थित हुनुका साथै त्यहाबाट ईसीटीएस प्रणाली कोलकाताभन्दा अगाडि लागू हुनुले पनि विशाखापट्टनम्लाई लाभ मिल्न गएको बताउनुभयो। कोलम्बो बन्दरगाहबाट विशाखापट्टनम् नजिक पर्नु र चीनबाट पनि यो बन्दरगाह नजिक पर्नुको फाइदा यसलाई हुन गएको हो।

समुद्रसँग जोडिएर २ लाख वर्गमिटरको क्षेत्रफल ओगटेको विशाखापट्टनम् बन्दरगाहमा जुनसुकै मुलुकबाट आएका मदर भेसल्स (ठूला पानीजहाज) सोझै आउन सक्छन् । यहाँ कन्टेनरलाई जहाजबाट झिकेर सोझै यार्डमा भण्डारण गर्न सकिन्छ ।

कोलकातामा निर्मित बन्दरगाह खोलामा तटमा हुनाले पानीको गहिराइ साढे ६ मिटर हाराहारी मात्र हुनाले ठूलाबाट साना पानीजहाजमा कन्टेनर सारेर ल्याउनुपर्छ । हिजोआज कोलकाता बन्दरगाहको जटिल भौगोलिक संरचनाका कारण श्रीलंका र सिंगापुरबाट मात्र जहाज आउन सक्छन् विशाखापट्टनम्मा सबै अन्तर्राष्ट्रिय बन्दरगाहबाट जहाज आउँछन् । प्राय: अन्तर्राष्ट्रिय बन्दरगाहहरू पनि विशाखापट्टनम्बाट नजिक छन् । यसले नेपाली आयातकर्ताले सिपिङ कम्पनीलाई दिने जहाज ढुवानी भाडा कम पर्न जान्छ ।

जानकारी तथा लेखहरु