फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झन्डै एक वर्षदेखि रोकिएको जडीबुटी भारत निकासी हुने

(GMT+08:00) 2019-10-31 14:56:13
भारतको कानुनी अड्चनका कारण झन्डै एक वर्षदेखि रोकिएको जडीबुटी निकासी खुल्ने भएको छ । जडीबुटीबारे गत असोज पहिलो साता भारत सरकारले गरेको निर्णयपछि पुन: निकासी हुने भएको हो ।

भारतीय क्वारेन्टाइनसम्बन्धी आदेशा अनुसूचीमा फेरबदल भएको र त्यसका आधारमा अब नेपाली जडीबुटी निकासी हुने व्यवसायीले बताएका हुन् । जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले भारत सरकारको निर्णयले रोकिएको जडीबुटी पुन: निकासी हुने सुनिश्चित भएको बताउनुभयो । भारतले तय गरेको नयाँ सूचीमा कुन–कुन जडीबुटी छन् भन्ने जानकारी आएको छैन। भारत सरकारले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरी जारी गरेको सूचीमा नेपालगन्जबाट निकासी हुने २६ वटा जडीबुटी परेका थिए । त्यसमा पनि कतिपय जडीबुटीको वैज्ञानिक नाम फरक परेका कारण भारत निकासी हुन नसकेको कान्तिपुर अनलाइनले जनाएको छ।

निकासी ठप्प भएपछि नेपाली व्यवसायीका गोदाममा रहेका जडीबुटी सड्ने र गुणस्तरहीन हुने अवस्थामा पुगेको जडीबुटी समस्या समाधान समितिका सदस्य टंकप्रसाद शर्माले बताउनुभयो। नेपालबाट ८६ किसिमका जडीबुटी भारत निकासी हुने गरेको थियो। भारत सरकारको नीतिका कारण नेपालगन्ज नाकाबाट निकासी हुँदै आएका पाखनवेद, कुरिलो, आमला, पदमचाल, चिराइतो, मलवेद, अतिष, कालादाना र सिकाकाइलगायत जडीबुटीको निकासी गत मंसिरदेखि ठप्प थियो । अहिले भारतीय क्वारेन्टाइनले वैज्ञानिक नाम फरक परेकाको सूचीमा फेरबदल गरेको थाहा भएको छ।

नेपालगन्ज नाका हुँदै निकासी हुने सबै जडीबुटी भारत सरकारको नयाँ सूचीमा रहेको जडीबुटी व्यवसायी संघका पूर्वसल्लाहकार रवीन्द्रनाथ शुक्लले बताउनुभयो। भारत सरकारले जडीबुटी व्यवसायीको अनुरोधमा ६ महिना व्यवस्थापनका लागि समय दिए पनि नेपालतर्फबाट ठोस पहल हुन नसक्दा जडीबुटी निकासी रोकिन पुगेको तर्क व्यवसायीको छ । भारत सरकारले सन् २००३ मा जडीबुटीका सम्बन्धमा नयाँ ऐन ल्याएपछि नै नेपाल सरकारले जडीबुटी सूचीकृत गर्नका लागि प्रक्रिया पूरा गर्नुपर्थ्यो ।

जडीबुटी निकासी बन्द भएपछि यसको असर राजस्व संकलनमा परेको छ । गत आर्थिक वर्षमा २७ लाख किलो मात्रै जडीबुटी निकासी भएको थियो । नेपालगन्ज नाकाबाट मात्रै भारततर्फ वार्षिक लाखौं किलो जडीबुटी निकासी हुने गरेको छ। तर, भारत सरकारले क्यारेन्टाइनसम्बन्धी आदेशमा कडाइ गरेपछि निकासी ठप्प हुँदा गत आवमा २७ लाख ५४ हजार २ सय किलो मात्र निकासी भएको छ । आव ०७०/०७१ को तथ्यांक अनुसार नेपालबाट वार्षिक ४५ लाख किलोभन्दा बढी जडीबुटी निकासी हुने गरेको देखिन्छ ।

जानकारी तथा लेखहरु