फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको खुलापन विश्व अर्थतन्त्रको सशक्त प्रवर्द्धक

(GMT+08:00) 2019-10-31 18:09:52
चीनको वाणिज्य मन्त्रालय अन्तर्गत अनुसन्धान प्रतिष्ठानले हाल "चीनको खुलापन विकास प्रतिवेदन सन् २०१९" जारी गरेको छ। त्यस प्रतिवेदनमा भनिएको छ: गत सन् १९७८ यता चिनियाँ माल सामानको आयात र निर्यातको कूल रकम ठूलो मात्रामा बढ्नुका साथै विदेशी पूँजी आकर्षित गर्ने र विदेशतर्फ प्रत्यक्ष लगानीको दर पनि सारा विश्वको दोस्रो स्थानमा पुगेको देखिन्छ। यसका अलावा संयुक्त राष्ट्र संघको व्यापार र विकास सम्मेलनले प्रकाशित गरेको प्रतिवेदनमा जनाइएअनुसार, सन् २०१९को पूर्वार्धमा चीनले ७३ अर्ब अमेरिकी डलर विदेशी पूँजी आकर्षित गरेकाले निरन्तर रुपमा सारा विश्वका लागि विदेशी पूँजी आकर्षित गर्ने दोस्रो मुलुक बनेको छ। के भन्न सकिन्छ भने लगातार खुला हुँदै जाने चीनले आफ्नो लागि विकासको सिर्जना गरेको मात्र नभई सारा विश्वका लागि अधिकांश अवसर पनि प्रदान गरेको छ।

खुलापन नै वर्तमान चीनको स्पष्ट चिन्ह हो। एकातिर चीनले वैदेशिक व्यापारको प्रवर्द्धन गर्ने र ठूलो मात्रामा विदेशी पूँजी भित्र्याउने विविध कदममार्फत आफ्नो देशको आर्थिक विकासलाई अघि बढाएको छ भने अर्कातिर चीनले खुलापनमार्फत सुधारलाई पनि अझ सुदृढ पार्दै आएको छ। विशेषत: विश्व व्यापार संगठनमा प्रवेश गरे यता चीनले विदेशी व्यवसायीको लगानी गर्ने नकारात्मक अवस्थालाई कटौती गर्ने लगायतका प्रभावकारी कदम चालेर देशभित्रका व्यवसायका प्राविधिक सिर्जना र मालसामानको गुणस्तरलाई अझ उच्च स्तरमा पुर्‍याउँदै आएको छ। त्यसबाट आफ्नो देशको आर्थिक शक्तिलाई पनि बलियो पारिएको छ।

हाल चीनको वैदेशिक खुलापन सारा विश्वको अपेक्षाकृत उच्च स्तरमा रहेको छ। तैपनि चीन खुला हुने पाइला कहिल्यै पनि रोकिएको छैन। चीनले धेरैपटक गरी के जोड दिएको छ भने खुला हुने ढोका बन्द हुने छैन, बरु झन् झन् खुलस्त हुनेछ। खुलस्त चीन सधैं नै खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने सशक्त प्रवर्द्धक बन्दै जानेछ।

जानकारी तथा लेखहरु