फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

5G वाणिज्य संचालनबाट चीनको आर्थिक सुधारमा तीव्रता ल्याउने

(GMT+08:00) 2019-10-31 18:38:28
आज अक्टोबर एकतीस तारिख चीनमा 5G वाणिज्य संचालनको औपचारिक रुपमा घोषणा गरिएको छ। यसले चिनियाँ समाजलाई विशाल परिवर्तन ल्याउनुका साथै चीनको उच्च गुणस्तरको आर्थिक विकासमा बलियो शक्ति थपेर विश्व अर्थतन्त्रमा पनि ठूलो जीवन्त शक्ति थप्ने छ।

4G प्रविधिको तुलनामा 5G प्रविधिसँग अझ द्रुत गति, अझ कम समय र तीव्रता भएकोले औपचारिक वाणिज्य संचालन हुँदा चिनियाँ जनताको जीवनलाई सुविधा र प्रशस्तीतर्फ डोर्याउन सक्नेछ। उदाहरणको लागि प्रयोगकर्ताले केही सेकेन्डमै एउटा चलचित्र डाउनलोड गर्न सक्छन्। यसका साथै 5G प्रविधिको समर्थनमा सुदूरमा शिक्षा, दुर्गम चिकित्सामा पनि वास्तविक समयमा स्पष्ट चित्र र तथ्यांक लिएर अझ राम्ररी प्रयोगकर्ताको आवश्यकतालाई पूरा गरिनेछ।

5G वाणिज्य संचालनले चिनियाँ सूचना व्यवसायको नयाँ मोडललाई सिर्जना गरेर सूचना व्यवसायको उपभोगलाई विस्तृत पार्ने छ। चिनियाँ सूचनाकरण प्रतिष्ठानको गणना अनुसार, सन् 2020 देखि सन् 2050 सम्म 5G वाणिज्य संचालनबाट उत्पादन उपभोगको परिमाण ८० खर्ब चिनियाँ युआनभन्दा बढी हुने छ।

सबैभन्दा महत्वपूर्ण के हो भने, 5G वाणिज्य संचालनले चिनियाँ आर्थिक विभिन्न क्षेत्रको विकास अवस्थालाई पुनर्स्थापना गर्ने छ। उत्पादन व्यवसाय, कृषि, यातायात, शिक्षा, चिकित्सा समावेश विभिन्न व्यवसायले 5G प्रविधिको प्रभावमा डिजिटलाइजेसन, इन्टरनेटकृत, स्मार्टनेसतिर विकास गरेर साँच्चै उच्च गुणस्तरको चिनियाँ अर्थतन्त्रको विकास सपनालाई साकार तुल्याउने छ।

जानकारी तथा लेखहरु