फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# युनेस्कोको विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख मौकाला र उहाँको चीनको कथा

(GMT+08:00) 2019-11-01 16:06:18

चालू वर्ष जन गणतन्त्र चीनको स्थापनाको सत्तरी‌औं वार्षिकोत्सव हो। हालै युनेस्को विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख एडमण्ड मौकालाले विशेष अन्तर्वार्ता दिँदै चीनसितको गहिरो भावना र उहाँको चीनको कथाबारे व्याख्या गर्नुभएको छ।

मौकाला युनेस्को विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख हुनुहुन्छ। चालू वर्षको जुन महिनामा उहाँले चिनियाँ, अंग्रेजी र फ्रान्सेली भाषामा फररर बोलेर पेरिसमा आयोजना भएको पहिलो युनेस्को-चीन-अफ्रिका विश्व सम्पदासम्बन्धी क्षमताको निर्माण तथा सहयोग मञ्चको अध्यक्षता गर्नुभएको थियो। अफ्रिकाबाट आउनुभएको यो अधिकारीले फररर चिनियाँ भाषा बोल्न सक्नुभएको हो त? उहाँको परिवारको पुरानो पुस्तामा एक जना मकाउबाट आउनुभएका चिनियाँ हुनुहुन्छ। त्यसैले उहाँसँग केही चिनियाँ रगत पनि छ। मौकाला भन्नुहुन्छ

"हाम्रो देश कङ्गो प्रजातान्त्रिक गणतन्त्र अफ्रिकाको पहिलो समाजवादी मुलुक हो। म जन्मेको बेलामा चिनियाँ संस्कृति प्रसिद्ध भइसकेको थियो। कङ्गोका धेरै अस्पतालहरूमा धेरै चिनियाँ चिकित्सक कार्यरत् थिए। सानो उमेरमा विरामी हुँदा चिनियाँ डाक्टरबाट उपचार लिइयो। माध्यमिक विद्यालयबाट स्नातक भएपछि अध्ययन गर्न विदेश जान मेरो तीन वटा छनौट थियो। गणित पढ्न फ्रान्स जाने, वस्तुकला पढ्न सोभियत संघ जाने र जल संचार पढ्न चीन जाने गरी तीन वटा छनौट भयो। मैले चीन जाने निर्णय गरेँ।"

सन् १९८७ मा पढ्न मौकाला पैचिङ आए। त्यस कालको पैचिङबाट उहाँको मनमा गहिरो छाप परेको थियो। उहाँ भन्नुहुन्छ "त्यस अवधिमा तेस्रो चक्रपथ थिएन, दोस्रो चक्रपथ थियो। कुनै पनि एक्सप्रेस राजमार्ग थिएन। त्यस अवधिको पैचिङ पिछडिएको थियो। तर चिनियाँको मनको शक्ति बलियो थियो। चिनियाँहरूको मनमा आफ्नो देशको संस्कृति र परम्पराप्रति गौरव छ।"

मौकालाले चीनमा चिनियाँ भाषा र जल संचार सिक्नुभयो। चीनले त्रिघाँटी परियोजनाको निर्माण गर्ने बेलामा युनेस्कोले स्थानीय पूरातात्विक वस्तुको संरक्षणका लागि धेरै मद्दत दिएको थियो। चिनियाँ भाषा र जल संचार जानेका मौकालाले युनेस्कोमा काम गर्ने मौका पाउनुभयो। उहाँले पैचिङका लागि युनेस्कोको कार्यालयमा एघार वर्षसम्म काम गर्नुभएको थियो। हाल पेरिसका लागि युनेस्कोको मुख्यालय फर्कनुभएका मौकालाले सधैं नै चीनको विकासमाथि ध्यान दिनुभएको छ। उहाँ भन्नुहुन्छ "तीस वर्षअघि कुनै पनि व्यक्तिलाई चीनको विकास कसरी हुने छ भन्ने थाहा थिएन। पहिलेको विकासको सिँहावलोकन गर्दा चीनको विकासप्रति मलाई अचम्म लाग्यो। चीनको भविश्यप्रति म आशावादी छु।"

चीनको भावी विकाससम्बन्धी प्रश्नको जवाफ दिँदै मौकालाले "बेल्ट एण्ड रोड" प्रस्तावबारे चर्चा गर्नुभयो। उहाँको विचारमा यो प्रस्तावले चीनको निरन्तर विकासको प्रत्याभूति गर्नुका साथै विश्वको अरु क्षेत्रको स्थिरता र विकासका लागि हितकर छ। यो प्रस्ताव संयुक्त राष्ट्र संघको लक्ष्यसित समान छ। मौकाला भन्नुहुन्छ "संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका पाँच वटा स्थायी मुलुकमध्येको एक चीनले चीनका लागि हितकर हुने र अरु मुलुकका लागि पनि हितकर हुने विश्वव्यापी परियोजना कार्यान्वयन गर्ने मुलुक हो। "बेल्ट एण्ड रोड" प्रस्ताव एक फलदायक इच्छा हो। यो प्रस्तावले धेरैलाई ठूलो इच्छा उपलब्ध गराएको छ, हामीलाई मानव सभ्यतासम्बन्धी पाठ सिकाएको छ। हामीले एक अझै सुन्दर संसारका लागि प्रयास गरिरहेका छौं।"

जानकारी तथा लेखहरु